२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

रौतहटको गौर हत्याकाण्डः पीडितलाई न्याय दिलाउँछौं :  प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • शनिबार, साउन २० २०८०
  • 9.7K
    SHARES

  • images
    रौतहटको गौर हत्याकाण्डः पीडितलाई न्याय दिलाउँछौं :  प्रधानमन्त्री दाहाल


    काठमाडौ, २० साउन । रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा पीडितहरुसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताएका छन् ।

    सोह्र वर्ष अघि गौरमा भएको घटनामा परेर तत्कालीन नेकपा (माओवादी) का २७ कार्यकर्ताको निधन भएको थियो । सो घटनाका पीडितले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री दाहालले वार्तामार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री दाहालको निजी सचिवालयका सहसचिव अर्जुन भण्डारीले यही साउन १८ गते पीडित सङ्घर्ष समितिका रुपसागर उपाध्यायलाई वार्तामा आउन आग्रह गर्दै पत्राचार गरेका थिए ।

    “गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिका माध्यमबाट विभिन्न मागसहित आन्दोलन गर्ने जानकारीप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ । सङ्घर्ष समितिका मागका सम्बन्धमा वार्ता÷संवादका माध्यमबाट तत्काल समाधान गर्न प्रधानमन्त्री दाहालबाट निर्देशनसमेत भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ता÷संवादमा आउन हार्दिक अनुरोध छ”, उक्त पत्रमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend