२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

धेरै चुनौतीहरुको बीचमा केही आशा दिनेगरि सरकारले काम गरेको छ : मन्त्री ज्वाला


सञ्चार डबली
  • शनिबार, साउन २० २०८०
  • 8.4K
    SHARES

  • images
    धेरै चुनौतीहरुको बीचमा केही आशा दिनेगरि सरकारले काम गरेको छ : मन्त्री ज्वाला


    काठमाडौ, २० साउन । राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र पनि ल्याउन सक्ने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले बताएका छन् । समाजवादी इन्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरुलाई राजनीतिकरुपमा नै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

    मन्त्री ज्वालाले भने ‘ राष्ट्र निमार्णको इञ्जिनियरिङ गर्ने जिम्मा तपाईहरुको छ, विकासको रोड म्याप बनाउँने जिम्मा छ, त्यसमाथि समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरु राजनीति रुपमा हामी सहयोग गरौंला त्यसको खाका तपाईहरुले बनाउने हो । ’

    उनले गुण भएको विचार र सिद्धान्त भएको लक्ष्य स्पष्ट छ भने एउटा लक्ष्यमा पुग्न सहज हुने उल्लेख गर्दै राजतन्त्र ढाल्ने शक्तिले समाजवाद पनि ल्याउँन सक्ने बताएका छन् । उनले आफुहरु यो आँटका साथ अभियानमा होमिएको बताए ।

    उनले भने ‘ धेरै समस्या र चुनौतीहरुको बीचमा केही आशा दिने गरि सरकारले काम गरेको छ । भ्रष्टाचारीहरुको विरुद्धमा अभियान चलाएको छ, त्यसमा सफल हुन्छौ । जनतालाई सेवा सुविधा दिने प्रयासमा छौ । ’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend