२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी


सञ्चार डबली
  • शनिबार, साउन २० २०८०
  • 8.3K
    SHARES

  • images
    माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी

    काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । गत बुधवारदेखि  सुरु भएको केन्द्रीय  समिति बैठकमा हालसम्म झन्डै १ सय ४१ जना नेताले आ आफनो धारणा राखिसकेका छन् । 

    मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

     बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend