२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्नुपर्छः अर्थमन्त्री महत


सञ्चार डबली
  • बिहीबार , साउन १८ २०८०
  • 8.2K
    SHARES

  • images
    भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्नुपर्छः अर्थमन्त्री महत


    काठमाडौं । भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न अर्थमन्त्री प्रकाशशरण महतले निर्देशन दिएका छन् । विरगंज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा उनले भन्सार कडाईमा गम्भीर भएर लाग्नु पर्ने बताएका हुन् ।

    उनले भने ‘भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका छ । भन्सारभन्दा बाहिरबाट प्रवेश गर्ने सम्भावनालाई सुरक्षा निकाय गम्भीर भएर लाग्नु पर्छ । ’मुलुकको लागि आर्थिक स्रोत जुटाउने दायित्व अर्थ मन्त्रालयको भएको भन्दै उनले त्यसमा सबैभन्दा ठुलो भूमिका भन्सार र राजस्वकै भएको जिकिर गरे ।

    ‘स्रोत जुटाउने जिम्मेवारी अर्थ मन्त्रालयको हो र त्यसमा ८० प्रतिशतभन्दा बढि हामीले भन्सार र राजस्वबाट उठाउनु पर्छ । समग्र राजस्वको ४८ प्रतिशत भन्सारको योगदान छ र भन्सारको योगदानको ४० प्रतिशत विरजंगको दुईवटा कार्यालय मार्फत प्राप्त हुन्छ ।’ उनले भने ‘हामीले राजस्व प्राप्त गर्नको लागि सबैभन्दा ठूलो जिम्मेवारी दुईवटा कार्यालयलाई छ। वस्तु बजारमा आएको छैन भने ठिक छ तर आएर पनि राजस्व घट्यो भने हामीमाथि प्रश्न उठ्ने गर्छ । ’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend