२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

ठूला नेताको नाम आएपछि सुन काण्ड पनि सेलाएर जान्छ : शेखर कोइराला


सञ्चार डबली
  • बिहीबार , साउन १८ २०८०
  • 10.5K
    SHARES

  • images
    ठूला नेताको नाम आएपछि सुन काण्ड पनि सेलाएर जान्छ : शेखर कोइराला


    काठमाडौ, १८ साउन । भ्रष्टाचार हटाउने, सुशासन कायम गर्ने र दण्डहिनताको अन्त्य गर्ने हो भने नेपालको भविष्य उज्वल रहेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।

    नेपाल प्रेस युनियन काठमाडौं शाखा प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा नेता कोइरालाले भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको भन्दै देशमा कुनै घटना भएपनि माथिल्लो तहको मानिसको सहभागिताले हराएर जाने प्रवृत्ति बढेको पनि बताएका छन् ।

    नेता कोइरालाले भने, भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ, अहिले जुन सुन काण्ड आएको छ त्यो पनि सामान्य भएर जान्छ किनभने त्यसमा माथिल्लो तहको मानिसको सहभागिता हुन्छ । यो केश चल्दा चल्दै अर्को काण्ड आउँछ हामीले कुनै पनि केशलाई निष्कर्षसम्म पुर्याएको छैन । किनभने ठूलो तहको सहभागिता हुन्छ । नेपालको भविष्य नभएको होईन्, भ्रष्टाचार हटाउने, शुसासन कायम, दण्डहिनताको अन्त्य, गर्न सक्यौ भने नेपालको भविष्य उज्वल छ ।

    उनले देश अप्ठ्यारो र अराजकतातिर गईरहेको भन्दै जिल्ला र सर्वोच्च अदालतले फैसला गरेका व्यक्ति पनि राजनीतिक लेप लगाएर छुट्ने गरेको बताएका छन् । उनले भने, देश अप्ठ्यारो र अराजकतातिर गईरहेको छ, भ्रष्टाचारले गाँजेको छ हाम्रो देश, अर्को कुरा दण्डहिनता हत्या गर्ने काम हुन्छ, राजनीतिक लेप लगाईदिन्छौ, अनि त्यो छुट्छ । जिल्ला अदालत, सर्वोच्च अदालतले फैसला गरेका व्यक्तिहरु पनि छुटेका हुन्छन् । यस्तो कुरालाई सही दिशामा लान सकेनौ भने देश अराजकता तिर जान्छ र गइरहेको पनि छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend