२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुन तस्करी प्रकरणमा मेरो संलग्नता छैनः कृष्णबहादुर महारा


सञ्चार डबली
  • बिहीबार , साउन १८ २०८०
  • 8.3K
    SHARES

  • images
    सुन तस्करी प्रकरणमा मेरो संलग्नता छैनः कृष्णबहादुर महारा

     

    काठमाडौं, १८ साउन । नेकपा (मा‌ओवादी केन्द्र) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। चाइनिज ब्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन् ।

    उनले सो प्रकरणमा अनुसन्धान गर्न आफुले सघाउने पनि जनाएका छन् । ‘केहि दिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आईरहेको विषय यसअघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु,’ महराले भनेका छन् ।

    ‘जहाँसम्म मैले फोन गरेको भनेर मेरो नाम र उल्लेख गरिएको फोन नम्वर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend