२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

लम्पी स्किनलाई महामारी घोषणा गर्न माग गर्दै काठमाडौंमा एमालेको प्रर्दशन


सञ्चार डबली
  • बुधबार, साउन १७ २०८०
  • 9.2K
    SHARES

  • images
    लम्पी स्किनलाई महामारी घोषणा गर्न माग गर्दै काठमाडौंमा एमालेको प्रर्दशन

     

    काठमाडौ, १७ साउन । मुलुकभर फैलिएको लम्पी स्किन पशुरोगलाई महामारी घोषणा गर्न नेकपा (एमाले)ले माग गरेको छ । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा विरोध प्रर्दशन गर्दै एमालेले किसानलाई तत्काल बीमा उपलव्ध गराउनुपर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलव्ध गराउनुपर्ने माग गरेको छ ।

    विरोधका क्रममा संचारकर्मीसंग बागमती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाँलले किसान लम्पी स्किनको महामारीबाट आजित बन्दा समेत सरकार कुभ्मकर्णको निन्द्रामा रहेको आरोप लगाएका छन् । उनले भने ‘ हाम्रो देशमा लम्पी स्किनका कारण एक अर्बको क्षति भइसक्यो । पशु धन पशु बस्तु मरेको कारणले ७६ जिल्लामा फैलिसक्यो । ४९ हजार पशु मरिसके । ११ लाख पशुहरु संक्रमित भइसके । तै पनि सरकार चुप बसिरहेको छ । कुम्भकर्ण निन्द्रामा छ । ’

    त्यस्तै काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्या सुन्दर शाक्यले, देशभरका लम्पी स्किन पीडित किसानले काठमाडौंमा आएर संर्घष गर्न नपरोस भन्ने हेतुले राज्यको ध्यानाकर्षण गराएको बताए । उनले भने ‘अहिले हाम्रो माग भनेको सरकारले तुरुन्तै सकिन्छ भने आजै नभए तत्कालै पीडित किसानहरुलाई राहतको व्यवस्था गरोस् ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend