२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

म माथि देशभरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आएको छ : रवि लामिछाने


सञ्चार डबली
  • बुधबार, साउन १७ २०८०
  • 11.1K
    SHARES

  • images
    म माथि देशभरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आएको छ : रवि लामिछाने

     

    काठमाडौ, १७ साउन । निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्नका लार्गि धेरै काम गर्न बाँकी रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बताएका छन् । आज सांसद निर्वाचित भएको सय दिन पूरा भएको अवसरमा आफ्नो निर्वाचन क्षेत्र चितवन – २ का मतदाताहरुसँग भेटघाट गर्दै सांसद लामिछानेले आफुमाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आएको बताएका छन् ।

    सभापति लामिछानेले भने ‘ म माथि देशै भरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आएको छ, आफुले निर्वाचनमा बोलेका कुराहरुलाई अगाडि सार्ने र त्यसको लागि धेरै काम गर्न बाँकी रहेको छ । ’
    आजबाट सांसद लामिछानेले औपचारिक रुपमा चितवन २ का मतदाताहरुको लागि सचिवालय पनि स्थापना समेत गरेका छन् ।

    उनले सुरुवाती केही दिनहरुमा आवश्यकता परेका केही व्यक्तिहरुको फोन उठाउन गाह्रो हुने अवस्था हुन सक्ने बताएका छन् । सुरुवातका केही समयहरु व्यवस्थित गर्न केही न केही तल माथि हुन्छ होला त्यसलाई अन्यथा नलिनुहोला । ’सभापति लामिछानेले चितवन २ प्रतिको आफ्नो दायित्व भने नभूल्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend