२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नीति तथा कार्यक्रम र बजेट निर्माणमा व्यापक रूपान्तरण जरूरी छ : प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • बुधबार, साउन १७ २०८०
  • 8.5K
    SHARES

  • images
    नीति तथा कार्यक्रम र बजेट निर्माणमा व्यापक रूपान्तरण जरूरी छ : प्रधानमन्त्री दाहाल

     

    काठमाडौ, १७ साउन । राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले देशको समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण हुनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सोह्रौँ योजनाको अवधारणा तर्जुमा गर्न आयोजित राष्ट्रिय योजना आयोगको बैठकलाई दिशानिर्देश गर्दै प्रधानमन्त्रीले अहिलेसम्मका योजनाको समिक्षा गर्नुपर्ने आवश्यकता औल्याएका छन् । देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा अहिलेसम्मका योजनाको भूमिका के छ भन्ने कुराको गहिरो समिक्षा आवश्कय रहेको उनको भनाई छ ।

    नीति तथा कार्यक्रम र बजेट निर्माणमा समेत व्यापक रूपान्तरण जरूरी रहेकोमा जोड दिएका प्रधानमन्त्री प्रचण्डले भने ‘कार्यक्रम र बजेट नर्मिाणको हाम्रो संस्थागत, संरचनागत र कार्यशैलीगत रूपान्तरण जरूरी छ। नीति तथा कार्यक्रम र बजेट निर्माणको बीचमा एकदमै छोटो समय हुने, त्यसले गर्दा नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता नहुने समस्या हामीकहाँ छ । यसलाई बदल्नुपर्छ। नीति तथा कार्यक्रम प्रस्तुत गरी पारति भइसकेपछि त्यसमाथि व्यापक छलफल गरेपछि मात्रै बजेट निर्माणको काम थाल्नुपर्दछ। हतार हतारमा बजेट बनाउँदा नीति तथा कार्यक्रम एकाथरी बजेट अर्कोथरी बन्ने समस्याबाट हामी ग्रसित छौँ। त्यसैले यसलाई समेत सम्बोधन गर्नेगरी योजना बनाउनुस् । ’

    बजेट तयार भएपनि संसदमा गर्ने छलफलबारे पनि सवाल उठेको भन्दै प्रचण्डले, राज्यले सबै प्रकारका नीति वा योजना प्रस्ताव गर्दा बाहिरको ज्ञान र विवेक उपयोग गर्नेगरी सोच्न आवश्यक रहेको बताए ।बैठकले सोह्रौँ योजनाको अवधारणा स्वीकृत गर्दै उक्त अवधारणालाई बृहत रूपमा प्रक्रियामा लैजाने निर्णय गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend