२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपालमा फर्किन चाहनेकालागि १ सय भन्दा बढी जागिरको ब्यवस्था गरेका छौँ : रवि लामिछाने


सञ्चार डबली
  • बुधबार, साउन १७ २०८०
  • 9.6K
    SHARES

  • images
    नेपालमा फर्किन चाहनेकालागि १ सय भन्दा बढी जागिरको ब्यवस्था गरेका छौँ : रवि लामिछाने

    काठमाडौ, १७ साउन । आफ्नो पार्टीले नेपाल फर्किन चाहेका नेपाली नागरिकका लागि एकसय भन्दा धेरै रोजगारी सृजना गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानेले दाबी गरेका छन् । आज समाजिक सञ्जाल मार्फत उनले, अहिलेका लागि एकसय जनाको लागि रोजगारी खोजिएको र पार्टीको नीति अनुसार चाँडै थप रोजगारी सृजना गर्ने बताएका छन् ।

    ‘यी विज्ञापनहरु विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरुमा छापिएका छन् , छापिदैछन् । चुनावमा आफुले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेकालागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि “बिना ढेउवा के“।’

    सामाजिक सञ्जालमा उनले भनेका छन् ‘अहिलेका लागि यी रोजगारी खोजीएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौं । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ । बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिदैछु ।’उनले आफ्नो पार्टी जनता माझ गरेका प्रतिवद्धताबाट पछि नहटेकोसमेत दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend