२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कोशीका नवनियुक्त मुख्यमन्त्रीको सपथ आज


सञ्चार डबली
  • बुधबार, साउन १७ २०८०
  • 7.8K
    SHARES

  • images
    कोशीका नवनियुक्त मुख्यमन्त्रीको सपथ आज


    काठमाडौं, १७ साउन । आज कोशी प्रदेश सरकारका लागि दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिदै छन् । सर्वोच्च अदालतले यसअघि भएको नियुक्ती बर्खास्त गरे पछि पुनः हिजो मुख्यमन्त्रीमा नियुक्त भएको थापाको शपथ ग्रहण आज हुन लागेको हो ।

    सभामुख बाबुराम गौतमलाइ राजिनामा गर्न लगाएर सतारूढ गठबन्धनले हिजो ४७ सदस्यको समर्थनमा थापाले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । लगत्तै बहुमत सदस्य पुर्याएर पुनः नियुक्ती भएका मुख्यमन्त्री थापाले सपथ ग्रहणसँगै आजै सानो आकारको मन्त्रिपरिषद विस्तारको तयारी गरेको बुझिएको छ ।

    गत असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend