२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि, त्यसअघि स्थायी कमिटी बैठक बस्ने


सञ्चार डबली
  • बुधबार, साउन १७ २०८०
  • 8.3K
    SHARES

  • images
    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि, त्यसअघि स्थायी कमिटी बैठक बस्ने

    बुधबार, साउन १७, २०८०
    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । 

    पाँच दिनसम्म चल्ने बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगगठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । 
     
    बैठकमा ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी १०० जना सहभागी हुनेछन् ।
     
    बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिए । माओवादीले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरेको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि धारणा राख्ने गरी कार्यक्रम तय भएको उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend