२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 सेयर बजारको वृद्धि फेरि टिक्न सकेन, दोहोरो अंकले घट्यो


सञ्चार डबली
  • मंगलबार, साउन १६ २०८०
  • 8.6K
    SHARES

  • images
     सेयर बजारको वृद्धि फेरि टिक्न सकेन, दोहोरो अंकले घट्यो


    काठमाडौ, १६ साउन । सेयर बजारको वृद्धि फेरि टिक्न सकेन । आज नेप्से सूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा आएको छ । १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यो औसतभन्दा कम कारोबार रकम हो । 

     
    मौद्रिक नीतिपछि लगातार घटेको बजार सोमवार सम्हालिएको थियो । तर, यो वृद्धिले मंगलबार निरन्तरता पाउन सकेन । बजार पुनः २१ सय विन्दुमुनि आएको छ । आम लगानीकर्ताका लागि मनोवैज्ञानिकरुपमा ठूलो प्रभाव पार्ने यस्तो विन्दुभन्दा नेप्से तल आएपछि मंगलबार झन् ठूलो अंकले बजार घटेको छ ।

     यस दिन २६२ कम्पनीको ६० लाख १५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड ७४ लाख रुपैयाँसहित कारोबार रकममा अपर तामाकोशी हाइड्रोपावर परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटेल परेका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend