२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

समाज लघुवित्तले ३१ साउनमा बोलायो वार्षिक साधारणसभा


सञ्चार डबली
  • मंगलबार, साउन १६ २०८०
  • 8.3K
    SHARES

  • images
    समाज लघुवित्तले ३१ साउनमा बोलायो वार्षिक साधारणसभा

    काठमाडौ, १६ साउन । समाज लघुवित्तले साउन ३१ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को वार्षिक साधारण सभा बोलाएको हो । सभामा हाल कायम २ करोड रुपैयाँ चुक्ता पुँजीमा १४.२५ प्रतिशत रकम बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ । साथै, बोनस सेयरमा कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा छ ।

    यस्तै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । सभा जानकी फेमिलि होटल एन्ड पार्टी प्यालेस, मलंगवा सर्लाहिमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि साउन २१ गते बुक क्लोज हुनेछ । तसर्थ, साउन २० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend