२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • मंगलबार, साउन १६ २०८०
  • 8.8K
    SHARES

  • images
    कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्ने आज अन्तिम दिन


    काठमाडौं, १६ साउन । आज कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्ने अन्तिम दिन रहेको छ । यसअघि सर्वोच्च अदालतले गठन गरेको नेपाली कांग्रेसको सरकारलाई अवैधानिक करार गरिदिए पछि पुनः आब्हान भए अनुसार आज समयसिमा सकिदैछ ।

    प्रदेश प्रमुख परशुराम खापुङका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने लागेको हो ।

    यसअघि सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका थापाको नियुक्ती सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । जसअनुसार आज नयाँ सरकारका लागि दावी पेश गरिसक्नु पर्ने हुन्छ ।

    कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने सत्तारुढ इत्तर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् । सरकार बनाउन ४७ मत आवाश्यक पर्ने भए पछि कोशी सरकार गठनमा समस्या देखा परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend