२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 सदनको अवरोध खुलाउन सभामुख घिमिरे सक्रिय, कार्यव्यवस्थाको बैठक बोलाए


सञ्चार डबली
  • मंगलबार, साउन १६ २०८०
  • 9.3K
    SHARES

  • images
     सदनको अवरोध खुलाउन सभामुख घिमिरे सक्रिय, कार्यव्यवस्थाको बैठक बोलाए

    काठमाडौं, १६ साउन ।  सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरे सक्रिय बनेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन संवाद गरेर उनले सदनको अवरोध अन्त्य गर्न आग्रह गरेका छन् ।

    सदनको अवरोधले जनताको आवाज अवरुद्ध हुने भन्दै सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीलाई सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँगको टेलिफोन संवादपछि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उनले बानेश्वरमा आज मध्यान्ह १२ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

    यसअघि सोमवार पनि संसद्को अवरोध अन्त्य गर्ने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड, प्रतिपक्षी दलका नेता ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend