२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

५.७९ अंकले बढ्यो सेयर बजार


सञ्चार डबली
  • सोमबार, साउन १५ २०८०
  • 9.5K
    SHARES

  • images
    ५.७९ अंकले बढ्यो सेयर बजार

     

    काठमाडौं, १५ साउन । मौद्रिक नीतिपछि आज पहिलोपटक सेयर बजार बढेको छ । यस दिन नेप्से सूचक ५.७९ अंकले बढेर २१०६.१४ विन्दुमा अडिएको छ । कारोबार रकम भने १ अर्ब ८४ करोड रुपैयाँ हाराहारीमा मात्र रहेको छ ।

    गत आइतबार बजार खुलिरहेकै बेला मौद्रिक नीति सार्वजनिक भएको थियो । त्यसदिन भने बजार बेस्सरी बढेको थियो । त्यसपछि लगातार घट्न थालेको बजार आज आएर मात्र रोकिएको हो । ५ कार्य दिनमा बजार लगातार तल भर्यो । यसबीचमा नेप्से सूचक करिब १२७ अंकले घट्यो ।

    मौद्रिक नीतिअघि भने बजार बढेको थियो । एकातिर मौद्रिक नीतिमा ठूला लगानीकर्ताले असन्तुष्टि जनाउनु अनि यहीबेला अर्कोतिर बढेको बजारबाट ट्रेडरहरुले धमाधम नाफा बुक गर्न थाल्दा बजार बेस्सरी चेपुवमा पर्यो । फलस्वरुफ नेप्से लगातार पाँचै कार्य दिन घट्न पुग्यो ।

    यस दिन २६२ कम्पनीको ५५ लाख ३१ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र एसियन लाइफ इन्सुरेन्स रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend