२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सूचना टाँसेर संसद् बैठक स्थगित


सञ्चार डबली
  • सोमबार, साउन १५ २०८०
  • 8.7K
    SHARES

  • images
    सूचना टाँसेर संसद् बैठक स्थगित

     

    काठमाडौं, १५ साउन । आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । एमालेले तस्करीको झण्डै सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो।

    एक सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध जारी राख्ने भएपछि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

    सूचना टाँसेर आज बोलाइएको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend