२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुन प्रकरण, दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउनेः प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • सोमबार, साउन १५ २०८०
  • 8.7K
    SHARES

  • images
    सुन प्रकरण, दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउनेः प्रधानमन्त्री दाहाल


    काठमाडौ, १५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताएका छन् । उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रधानमन्त्री दाहालको भनाई छ ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सुनप्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्याउन सरकार दृढ रहेको स्पष्ट पारेका छन् । यही साउन ३ गते राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठूलो मात्रामा सुन बरामद गरेका थियो । हाल सरकारले सो सम्बन्धमा अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले सुन प्रकरणलाई निष्कर्षमा पु¥याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् । मुलुक विकासको बाधकका रुपमा रहेको भ्रष्टाचार, अनियमितता, कसिमन जस्ता विषयलाई अन्तिम निष्कर्षमा पु¥याउन कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्दै प्रधानमन्त्रीले निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend