२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आईपीओ जारी गर्दै स्वस्तिक लघुवित्त वित्तीय संस्था


सञ्चार डबली
  • सोमबार, साउन १५ २०८०
  • 10.0K
    SHARES

  • images
    आईपीओ जारी गर्दै स्वस्तिक लघुवित्त वित्तीय संस्था

    काठमाडौ, १५ साउन । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ ल्याउनका लागि स्वस्तिकले निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ । यस कम्पनीको आईपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको काम गर्ने भएको हो ।

    यस सम्बन्धी सम्झौतामा दुवै संस्थाबीच हस्ताक्षर भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्नो अधिकृत पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागेको हो ।

    सम्झौतापत्रमा स्वस्तिकका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

    स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न।पा। वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल यसले १३ हजार भन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend