२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची


सञ्चार डबली
  • सोमबार, साउन १५ २०८०
  • 8.2K
    SHARES

  • images
    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची


    काठमाडौं, १५ साउन । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

    यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ ।

    साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विद्येयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend