काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन १५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ३० पैसा छ भने, बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ। यस्तै, युरोपियन यूरो एकको खरिद दर १४४ रूपैयाँ ६४ पैसा तोकेको छ भने, बिक्री दर १४५ रूपैयाँ ३० पैसा तोकेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ७४ पैसा र बिक्री दर १६९ रूपैयाँ ५१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?


