२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुन प्रकरण : ठमेलस्थित भियना होटेल सञ्चालक छिरिङ पक्राउ


सञ्चार डबली
  • आइतबार, साउन १४ २०८०
  • 11.0K
    SHARES

  • images
    सुन प्रकरण : ठमेलस्थित भियना होटेल सञ्चालक छिरिङ पक्राउ

    काठमाडौं, १४ साउन । एक क्विन्टल सुन बरामद प्रकरणमा संलग्नताको आशंकामा ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् ।राजश्व अनुसन्धान विभागको टोलीले होटेलमा छापा मारेर उनलाई पक्राउ गरेको हो ।

    आज बिहान छापा मारेको विभागको टोलीले केही सामग्री बरामद गर्दै छिरिङलाई नियन्त्रणमा लिएको हो । छिरिङ पक्राउ परेसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १८ जना पुगेको छ ।

    विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका बेल्जियम नागरिक छिरिङको हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग कनेक्सन पाइएपछि पक्राउ गरेको हो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend