२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजदेखि मीड सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला


सञ्चार डबली
  • आइतबार, साउन १४ २०८०
  • 10.1K
    SHARES

  • images
    आजदेखि मीड सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला

     

    काठमाडौ, १४ साउन । आजदेखि मीड सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको छ ।

    यसआधारमा १ सय अंकित मूल्यमा ७ लाख ४८ हजार ४ सय कित्ता सेयर स्थानीयलाई जारी गरिएको छ । योमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं.३, ४, ५, ६, ७ र ११ का बासिन्दालाई निष्कासन ख्ला भएको हो । १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ ।

    सर्वसाधारणमा निष्कासन हुने ७ लाख ४८ हजार ४ सय कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ७४ हजार ८४० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । यस कम्पनीको आईपीओमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म आवेदन दिन पाउनेछन्

    क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लसइस्यूअर रेटिङ’ प्रदान गरेको छ । स्थानीयले यस आयोजनाको आयोजना स्थल, एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend