२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

थाइल्याण्डमा पटका कारखानामा विस्फोट : ९ जनाका मृत्यु


सञ्चार डबली
  • आइतबार, साउन १४ २०८०
  • 12.3K
    SHARES

  • images
    थाइल्याण्डमा पटका कारखानामा विस्फोट : ९ जनाका मृत्यु


    काठमाडौ, १४ साउन । दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन् ।स्थानीय सञ्चारमाध्यमका अनुसार नरथिवास प्रान्तको सुङ्गाई कोलोक सहरमा रहेको पटाका कारखानामा विस्फोट भएको हो । अहिलेको अवस्था हेर्दा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

    यस विष्फोटका सम्बन्धमा सहरका गभर्नर सानन पोंगाक्सर्नले सञ्चारमाध्यमलाई भने कि ११५ जना घाइते भएका छन् र धेरैको अवस्था गम्भीर छ। सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । दुर्घटनास्थलमा राहत र उद्धार कार्य जारी छ । थप जानकारी दिँदै उनले विष्फोटका कारण बजारमा लागेको आगो अहिले नियन्त्रणमा आएको बताए ।

    विस्फोटका सम्बन्धमा गभर्नरले प्रारम्भिक अनुसन्धानका अनुसार पटाखा कारखानामा स्टिल वेल्डिङका क्रममा आगलागी भएपछि विस्फोट भएको हो । विस्फोटपछि मिडियामा भाइरल फुटेजमा बजारबाट ठूलो धुवाँको मुस्लो निस्केको देख्न सकिन्छ । विष्फोटबाट धेरै पसल, घर र सवारी साधनमा नराम्ररी क्षति पुगेको छ । सो विष्फोटसँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा धुवाँको मुस्लो उठेको देख्न सकिन्छ ।

    पटाका कारखानाबाट १०० मिटर टाढा बस्ने प्रत्यक्षदर्शी सेक्सान टेसेनले भने, ‘म घर भित्र मोबाइलमा गेम खेलिरहेको थिएँ, अचानक मैले ठूलो आवाज सुनें जसले मेरो सम्पूर्ण घर हल्लायो, बाहिर निस्कँदा मेरो छाना उडेको देखेँ । मैले बाहिर हेरेँ कि विष्फोटको चपेटामा परेर भुइँमा लडेर केही मानिसहरू पीडामा थिए।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend