२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

शरणार्थी प्रकरण, नेता खाणलाई अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छ : प्रकाशमान सिंह


सञ्चार डबली
  • आइतबार, साउन १४ २०८०
  • 8.2K
    SHARES

  • images
    शरणार्थी प्रकरण, नेता खाणलाई अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छ : प्रकाशमान सिंह


    काठमाडौ, १४ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।

    आज नेपाली कांग्रेस चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पारेका छन् । उनले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमासमेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताएका छन् ।

    उनले पुरानो नजिरलाई लिएर खाणलाई कारबाही नगरिएको जिकिर गरेका छन् । उनले भने, “पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो ।”

    उनले कांग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने स्पष्ट पारेका छन् । उनले भने, “निष्पक्ष तवरले कानुनी राज्यको पक्षमा कांग्रेस रहेको छ । आफ्ना पार्टीका नेतालाई पर्दा कानुन लाग्नुहुँदैन भन्ने पक्षमा कांग्रेस नहरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend