२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध


सञ्चार डबली
  • आइतबार, साउन १४ २०८०
  • 9.1K
    SHARES

  • images
    चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

     

    काठमाडौ, १४ साउन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।

    पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या भइरहेको छ । पानी पर्न र लेदो खस्न छाडेपछि बाटो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा राखिएको छ । शनिबार पनि सोही स्थानमा केही समय सडक अवरुद्ध भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend