२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भगवती हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने


सञ्चार डबली
  • आइतबार, साउन १४ २०८०
  • 10.1K
    SHARES

  • images
    भगवती हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

     

    काठमाडौ, १४ साउन । भगवती हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । भगवती हाइड्रोपावरले २४ असारदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आईपीओ बिक्री खुला गरेको हो ।

    कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । यस कम्पनीले १ सय अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानीयलाई जारी गरेको छ । यसमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३, १४, २६ र २७ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

    यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

    स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend