२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा सक्षम संस्थाको रूपमा विकास गरिनेछः प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • आइतबार, साउन १४ २०८०
  • 7.3K
    SHARES

  • images
    लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा सक्षम संस्थाको रूपमा विकास गरिनेछः प्रधानमन्त्री दाहाल

     

    काठमाडौ, १४ साउन । लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकास गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।आज बिहान लगानी बोर्डको कार्यालयबाट सम्पादन भएका कार्य विवरणसहितको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुँन् । 

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आब २०७९÷८० मा सम्पादन भएका कार्यसहितको प्रतिवेदन प्रधानमन्त्री समक्ष प्रस्तुत गरेका थिए । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन र नियमावली बमोजिम प्रत्येक आर्थिक वर्षको सुरुवातमा बोर्डका अध्यक्ष रहेका प्रधानमन्त्री समक्ष कार्यकारी अधिकृतले प्रतिवेदन पेश गर्ने र बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच कार्यसम्पादन करार गर्नुपर्ने व्यवस्था बमोजिम प्रतिवेदन प्रस्तुत गरिएको हो । 

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकासका लागि आवश्यक पर्ने नीतिगत, कानूनी तथा संस्थागत सुधारको खाँका प्रस्तुत गर्न कार्यकारी अधिकृतलाई निर्देशन दिएका छन । प्रधानमन्त्री दाहालले यो संस्थालाई तुलानात्मक रूपले थोरै तर रणनीति पूर्वाधारमा परियोजना निर्माणमा कि इन्ष्टिच्यूडका रूपमा विकास गर्ने सोंच वर्तमान सरकारको रहेको बताउँदै यस संस्थाले गरेको कार्यप्रगतिले यस दिशामा संरचना तयार भइसकेकोे विश्वास व्यक्त गरेका छन ।

    समन्वय, सहकार्य र साझेदारीका क्षेत्रमा लगानी बोर्डको कार्यालयबाट पर्याप्त कार्य भएको आफूले महशसु गरेको बताउँदै प्रधानमन्त्रीले लगानी बोर्डलाई नयाँ उचाइ दिएर राष्ट्रको सम्वृद्धी र विकासमा योगदान पु¥याउन आग्रह गरेका थिए । आगामी वर्ष पनि विगतमा जस्तै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिनुहुँदै प्रधानमन्त्रीज्यूले आफ्नोतर्फबाट आवश्यक सहयोग रहनेसमेत बताएका छन ।

    प्रधानमन्त्रीले गत आवमा लगानी बोर्डको कार्यालयबाट भएका कार्यले आफूलाई देशमा ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष वैदेशिक लगानीसहित निजी क्षेत्रको लगानी भित्र्याउन सकिन्छ भन्दै पूर्वाधार विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लैजान सरकार प्रतिवद्ध रहेकोसमेत बताएका छन । बोर्डको कार्यालयबाट एउटा उच्चस्तरीय व्यावसायिक संस्थाको रूपमा काम भएको र अन्तर्राष्ट्रियस्तरका केही संस्थाबाट समेत लगानी बोर्डको कार्यालयको व्यावसायिकता र कार्यसम्पादनका सम्बन्धमा पाएको प्रतिक्रियाले आफू निकै उत्साहित भएको उनको भनाइ थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend