२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अहिलेको सरकार जनताको नभई पुँजीवादीहरुको हो : शंकर पोखरेल


सञ्चार डबली
  • शनिबार, साउन १३ २०८०
  • 10.2K
    SHARES

  • images
    अहिलेको सरकार जनताको नभई पुँजीवादीहरुको हो : शंकर पोखरेल

    काठमाडौ, १३ साउन । अहिलेको सरकार जनताको नभई पुँजीवादीहरुको भएको नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् । नेकपा एमाले काठमाडौं महानगर कमिटिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले, देश आर्थिक संकटमा फस्दासमेत केही निश्चित घरानाका व्यापारीले कमाईरहेको भन्दै उनले सरकारको नीति नै गलत रहेको दाबी गरे ।

    ‘आर्थिक रुपमा मुलुक संकटमा पर्दा निश्चित व्यापारी घरानाको सम्पत्ति वृद्धि भईरहेको छ। यो कसरी सम्भव छ भने राज्यका नीति गलत बाटोमा छन् । अवैध अर्थतन्त्रको पक्षमा छ ।’ उनले भने ‘यो सरकार जनताको सरकार होईन्, यो सरकार दलाल पुँजीवादीहरुको सरकार हो ।

    यसले अर्थतन्त्रको विकासमा होईन्, व्यापारिक पुँजीवादलाई प्रवद्र्धन गर्ने कुरामा अन्तराष्ट्रिय व्यापारलाई नेपालमा प्रवद्र्धन गर्न ऐजेण्डका रुपमा यो सरकारले भूमिका खेलिरहेको छ । त्यसो हुदाँ आज हाम्रो मुलुक संकटमा छ । ’ उनले एमालेको भूमिका प्रभावकारी नहुदाँ लोकप्रिय हुदाँ हुदैँ पनि सोचे जस्तो परिणाम नआएको बताए ।

    उनले भने ‘पार्टी यो मुलुकको सबैभन्दा लाकप्रिय पार्टीको रुपमा स्थापित हुन सफल भएको छ । तर हामी विरुद्धको घेराबन्दीका कारणले संसदमा हाम्रो उपस्थिति नेपाली काङ्ग्रेसको भन्दा तल छ । ’एमालेमाथि अझै पनि चौतर्फी हमला भइरहेको भन्दै उनले अहिलेको सरकारले कुनै पनि हालतमा आफ्नो पार्टी नेतृत्वको सरकारको भन्दा राम्रो काम गर्न नसक्ने ठोकुवा गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend