२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

योग्य मानिसहरुलाई समेटेर पाटीलाई संगठित बनाउने मिसन रहेको छः रवि लामिछाने


सञ्चार डबली
  • शनिबार, साउन १३ २०८०
  • 8.9K
    SHARES

  • images
    योग्य मानिसहरुलाई समेटेर पाटीलाई संगठित बनाउने मिसन रहेको छः रवि लामिछाने

    काठमाडौ, १३ साउन । पार्टीमा जो पहिलो पार्टीमा प्रवेश गर्यो उसैले प्राथमिकता पाउने भन्ने सोचका साथ अघि बढ्ने हो भने प्राप्त उपलब्धिसमेत गुम्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन् ।

    आज शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी २०८४ सालको निर्वाचनसम्म रास्वपामा होनाहार र योग्य मानिसहरुलाई समेटेर पाटीलार्ई संगठित बनाउने मिसनमा रहेको बताएका छन् ।

    उनले भने ‘हामीले उम्मेदवार छनौंट गर्दा र पार्टीमा सहभागी हुने पदाधिकारी छनौंट गर्दा लिगलिगकोटमा दौडिएर राजा भए जसरी पार्टीमा जो पहिला आयो उही भयो भनेर लाग्यौ भने, सदस्यता किन्न सक्ने पैसाको बिटो बोकेर हिँडेको मान्छे लिएर पार्टी बनाउन लाग्यौ भने हामीले प्राप्त गरेको २१ सिटलाई पनि जोगाउन गाह्रो हुन्छ । सुन्दा नमिठो लाग्ला सत्य यहि हो । त्यसकारण ०८४ सम्म हामी बन्ने अभियानमा छौनौं पार्टी बनाउने हो ।’

    रास्वपाको लागि मिसन चौरासी आफु बन्ने भन्दा पार्टीलाई बनाउने अभियान भएको बताएका छन् । लामिछानेले भने, ‘मिसन ०८४ भनेको हामी पार्टीका रुपमा कति ठूलो हुन्छौं भन्ने कुरा होइन्,मिसन ०८४ भनेको पार्टीका रुपमा देशका होनहार र योग्य मानिसहरुलाई यो पार्टीभित्र आउँछन् कि आउँदैनन् भन्ने हो ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend