२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

स्वदेश फर्कियो भाजपाको निमन्त्रणामा दिल्ली गएको माओवादी टोली


सञ्चार डबली
  • शनिबार, साउन १३ २०८०
  • 8.6K
    SHARES

  • images
    स्वदेश फर्कियो भाजपाको निमन्त्रणामा दिल्ली गएको माओवादी टोली


    काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र) को टोली स्वदेश फर्केको छ ।भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा साता दिन अघि नयाँ दिल्ली गएको माओवादी केन्द्रको टोली स्वदेश फर्केको हो ।

    पार्टी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली गएको टोली शुक्रवार राति स्वदेश फर्किएको हो । भुषाल नेतृत्वको सो टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरु सुरेशकुमार राई र रामेश्वरराय यादव रहेका थिए ।

    साता ब्यापी नयाँ दिल्ली भ्रमणमा भुषाल नेतृत्वको टोलीले भाजपा अध्यक्ष जगतप्रकाश नड्डा, केन्द्रिय मन्त्री स्मृति इरानीलगायतसँग पार्टी मुख्यालयमा भेटवार्ता गरेको थियो । दुई पार्टी बिच भाइचार सबन्ध बिस्तार गर्नका लागि भाजपाले माओवादी केन्द्रलाई निम्तो दिएको थियो । भाजपाले विश्वभरीका राजनीतिक दलसँग सबन्ध विस्तारका लागि बिभिन्न देशका पार्टीहरुलाई निमन्त्रणा गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend