२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको भ्यान चन्द्रागिरिमा दुर्घटना हुँदा दुईजनाको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, साउन १२ २०८०
  • 9.8K
    SHARES

  • images
    काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको भ्यान चन्द्रागिरिमा दुर्घटना हुँदा दुईजनाको मृत्यु

    शुक्रबार, साउन १२, २०८०
    काठमाडौं । चन्द्रगिरि नगरपालिका–४, पानीघाटभन्दा माथि हिमचुली भन्ने ठाउँमा बा१० च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

    शुक्रबार दिउँसो भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेर चालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुली घर भएका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानले काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको भ्यानलाई धकेल्दा ओभर स्पिड भएर सडकबाट खसेको देखाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend