२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एभरेष्ट बैंकको नयाँ शाखा मुरली चोक जनकपुरमा, शाखा संख्या १२७ पुग्यो


सञ्चार डबली
  • शुक्रबार, साउन १२ २०८०
  • 9.3K
    SHARES

  • images
    एभरेष्ट बैंकको नयाँ शाखा मुरली चोक जनकपुरमा, शाखा संख्या १२७ पुग्यो

    २०८० श्रावण, १२ शुक्रवार
    काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले आफ्नो नयाँ शाखा जनकपुरको मुरली चोकमा उद्घाटन गरेको छ । बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज जनकपुरको मुरली चोकमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको हो । 

    उक्त शाखाको उद्घाटन जनकपुर उप–महानगरपालिका वडा नं। ४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूती न्यौपाने लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

    सो उद्घाटन समारोहमा अध्यक्ष झाले जनकपुर क्षेत्रमा दोस्रो शाखाको रुपमा मुरली चोकमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारत संगको साझेदारीले गर्दा स्थानिय बासिन्दालाई रेमिटान्स र अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे । यो संगै जनकपुरमा बैंकको शाखा संख्या २ पुग्नुका साथै मधेश प्रदेशमा १४ पुगको छ ।

    पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # एभरेष्ट बैंक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend