२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनुपर्छ : स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेत


सञ्चार डबली
  • शुक्रबार, साउन १२ २०८०
  • 7.1K
    SHARES

  • images
    रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनुपर्छ : स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेत

    २०८० साउन १२ गते
    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्ने बताएका छन् । ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा शुक्रबार राजधानीमा नेपाल रेडक्रस सोसाइटीले अयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले दाताले दान गरेको रगतको सही सदुपयोगमा नेपाल रेडक्रस सोसाइटीले विशेष ध्यान दिनु पर्ने बताएका हुन ।

    मन्त्री बस्नेतले भने, ‘दाताले दान गरेको रगत सदुपयोग भएन भए त्यो अपराध हो । त्यो हुनु हुदैन । विश्व मै नेतृत्वदायी भूमिका खेलिरहेको रेडक्रसले आफ्नो छवि धमिलो बनाउने कामबाट टाढै रहन मन्त्री बस्नेतले सुझाव दिए । उनले भने, ‘पवित्रतामा थोरै धमिलो भए पनि छवि विग्रन्छ । रेडक्रस जस्ता संस्थाले यो कुरा बुझ्नु पर्छ । आफु पनि बिगत ४० वर्षदेखि रक्तदान लगायत समाजिक काममा होमिएको बताउदै बस्नेतले प्राकृतिक प्रकोपको बेला नेपाल रेडक्रसले गरेको मानविय सेवा उल्लेखनिय रहेको स्मरण गरे ।

    मैनबत्तीले आफू बलेर अरुलाई उज्यालो दिए जस्तै रेडक्रसमा लागेका व्यक्तिहरुले आफ्नो व्यक्तिगत फाइदा भन्दा अरुको भलाईका लागि काम गर्नु पर्नेमा जोड दिदै मन्त्री बस्नेतले समाजिक भावना र संकल्प बोकेको व्यक्ति मात्र रेडक्रसमा लाग्नु पर्ने बताए । कार्यक्रममा मन्त्री बस्नेतले रक्तदानमा उल्लखनिय सेवा गरेका विभिन्न व्यक्ति र संस्थाहरुलाई सो अवसरमा सम्मान गरेका थिए ।

    सम्मानित हुनेहरुमा रेयूकाई नेपाल, रोटरी क्लव, स्वयंसेवी रक्तदाता समाज, ब्लोदान, विभिन्न नगरपालिका, रेडक्रसका विभिन्न जिल्ला साखा सहित कर्मचारी र समाजिक संस्थाहरु छन् । कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा।रुणा झाले एक वर्ष अगाडि गरिएको अनुसन्धानले नेपालका ब्लड बैंकहरुको अवस्था दयनिय रहेको देखाएको जानकारी गराउदै ब्लड बैंकहरुको सुधारमा रेडक्रसले ध्यान दिन आवश्यक रहेको बताइन ।

    रक्तसञ्चार केन्द्रले लिने गरेको सेवा शुल्क सम्बन्धी पनि विरोध आउने गरेको स्मरण गराउदै डा। झाले त्यसलाई पनि गुनासो नआउने गरि काम गर्नु पर्नेमा जोड दिइन । रेपिड टेष्टको प्रयोगका बिषयमा अन्तर्राष्टिय स्तरमा समेत कुरा उठेकाले रेपिड टेष्ट बन्द नै गर्नु पर्ने सुझाव डा। झाको थियो ।

    समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले मानविय सेवालाई मूल लक्ष्य बनाएको रेडक्रसले त्यही लक्ष्य अनुसार काम गर्नु पर्ने बताउदै परिषद्ले असल काममा सधै सहयोग गर्ने बताए । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले रेडक्रसले सबै मानविय सेवालाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend