२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कोशी प्रदेशः नयाँ मुख्यमन्त्री ७ दिनभित्र नियुक्त गर्न सर्वोच्चद्वारा आदेश


सञ्चार डबली
  • बिहीबार , साउन ११ २०८०
  • 9.4K
    SHARES

  • images
    कोशी प्रदेशः नयाँ मुख्यमन्त्री ७ दिनभित्र नियुक्त गर्न सर्वोच्चद्वारा आदेश

     

    काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्त बदर गर्दै सात दिनभित्र कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले उद्धव थापाको नियुक्ति नेपालको संविधानप्रतिकूल देखिएको भन्दै बदर गर्दै सात दिनभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न मिल्ने अवस्था रहेको उल्लेख गर्दै सात दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चले परमादेश जारी गरेको हो ।

    कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामुख बाबुराम गौतमको हस्ताक्षरबाट थापालाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक दाबी गर्दै बदरको माग राखेर दायर रिटको सुुनुवाइपछि दिएको पूर्ण इजलासको आदेशमा भनिएको छ, ‘सभामुखको पदमा बहाल रहेको व्यक्तिले प्रदेश सभा सदस्यको पनि हैसियत रहेको भनी छुट्टै थप वा दोहोरो भूमिकाको दाबी गर्न मिल्दैन ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend