२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रकृतिसँग खेल्न सक्ने मान्छे मात्रै जीवनमा सुखि हुन्छ : पर्यटन मन्त्री किराती


सञ्चार डबली
  • बिहीबार , साउन ११ २०८०
  • 8.2K
    SHARES

  • images
    प्रकृतिसँग खेल्न सक्ने मान्छे मात्रै जीवनमा सुखि हुन्छ : पर्यटन मन्त्री किराती

     

    काठमाडौ, ११ साउन । फरक पहिचान भएकाहरुलाई अझै पनि समाजले स्वीकार गर्न नसकेको भन्दै संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री सुदँन किरातीले चिन्ता व्यक्त गरेका छन् । आज काठमाडौंमा आयोजित फरक पहिचान भएकाहरुका लागि आयोजित ट्रेकिङ गाइड प्रशिक्षण तथा प्रमाणपत्र वितरण कार्यक्रममा पर्यटनमन्त्री किरातीले प्राकृतिक यथार्थलाई स्वीकार गर्न नसक्ने समाज खुसी हुन नसक्ने उल्लेख गरेका छन् ।

    पर्यटनमन्त्री किरातीले भने, ‘प्रकृतिलाई स्वीकार गर्न सक्ने, प्रकृतिसँग खेल्न सक्ने मान्छे मात्रै जीवनमा सुखि हुन्छ, हामीले प्रकृतिलाई स्वीकार गर्ने हो भने मात्रै हामी सुखि हुन सक्छौ ।’ संविधान मै फरक पहिचान भएकाहरुले ठूलो संघर्षबाट नागरिकताको अधिकार प्राप्त गरेको स्मरण गर्दै उनले सामाजिक परिर्वतन अझै आवश्यक रहेको बताएका छन् ।

    पर्यटनमन्त्री किरातीले भने, ‘समाजमा अहिले पनि तुच्छ व्यहार गरिन्छ, प्रकृतिको नियम हो यो कसैको चहाना होईन्, जसले प्रकृतिलाई अस्विकार गर्छ ती मान्छेहरु प्रकृति विरोधी हुन्, ती समाजहरु प्रकृति विरोधी समाजहरु हुन् जो आफू सभ्य, वृद्धिजीवि भएर प्रस्तुत हुन्छन्, जब यो प्रकृतिको उपहारहरुलाई स्विकार गर्न सक्दैनन्, भने तीनिहरुलाई हामीले वौद्धिक भन्न सक्दैनौ । यो सताव्दीको मानव समाज भन्न सक्दैनौ ।’
    ’

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend