२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभा पुन : पारित


सञ्चार डबली
  • बिहीबार , साउन ११ २०८०
  • 9.4K
    SHARES

  • images
    मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभा पुन : पारित

     

    काठमाडौ, ११ साउन । मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः सर्वसहमतिले पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक टेबल गरिएको थियो ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो । विधेयक पारित भएसँगै अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि जानेछ ।

    प्रतिनिधि सभाले संसाधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको सो विधेयक पुन पारित गर्नका लागि टेवल हुनु अघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले प्रक्रियामा भएको त्रुटिबारे क्षमा याचनासमेत गरेका थिए । त्यसपछि, सभाले प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको थियो । राष्ट्रिय सभाको बैठक साउन १८ गते बिहीबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend