२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल सुन तस्करीको ट्रान्जिट बन्दैछ, नाइकेलाई जोगाउने काम नहोस् : राजेन्द्र लिङ्देन


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 8.9K
    SHARES

  • images
    नेपाल सुन तस्करीको ट्रान्जिट बन्दैछ, नाइकेलाई जोगाउने काम नहोस् : राजेन्द्र लिङ्देन

    काठमाडौ, १० साउन । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको बताएका छन् ।आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको भन्दै तस्करीलाई जोगाउने काम नगर्न सरकारलाई सुझाव दिएका छन् ।

    त्यस्तै अध्यक्ष लिङ्देनले सुन प्रकरणमा उचित छानविन गरेर निकासको लागि जरासम्म नै पुग्नु पर्ने समेत बताएका छन् । भ्रष्टाचार काण्डमा सरकार जरोसम्म नपुगेको र सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्नुपर्ने भन्दै उनले भने, ‘केही भरियालाई पक्रेर सुन तस्करका नाइकेलाई जोगाउने काम नहोस्। जरासम्म पुगोस् ।’

    उनले भने ‘ १ क्विन्टल सुन भित्रिनु समान्य विषय होइन् । समाजलाई ठीक दिशामा ल्याउनको लागि पनि यसको उचित छानविन र उचित निकासको जरा सम्म पुग्नु पर्छ । भुटानी शरणार्थीको कुरा गरौं ललिता निवास जग्गा प्रकारणको कुरा गरौं कही पनि जरा सम्म पुग्न सकेका छैनौं । सरकार जरा सम्म पुग्न समेत अग्रसर भएको छैन् । ’



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend