२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images
नैतिकताको आधारमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद शर्मा

नैतिकताको आधारमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद शर्मा


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 7.4K
    SHARES

  • images
    नैतिकताको आधारमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद शर्मा

     

    काठमाडौं, १० साउन । प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन् ।

    आज बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत पदम गिरीले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेर आफ्नो सम्बोधन टुंग्याएपछि सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले पनि नैतिकताको आधारमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

    यसअघि नैतिकताका आधारमा मन्त्रीबाट राजीनामा दिएका घटनालाई स्मरण गराउँदै सांसद शर्माले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले राजीनामा दिएर सुन तस्करीको छानबिनामा सहयोग गर्नुपर्ने बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend