२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बलात्कारको आरोपमा २ जना पक्राउ


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 10.8K
    SHARES

  • images
    बलात्कारको आरोपमा २ जना पक्राउ


    काठमाडौं, १० साउन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई सोही नगरपालिका–६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

    महर्जनले ती बालिकालाई सोही नगरपालिका–४ सितापाईलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उता १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगपरलिका–१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

    खनालले ती किशोरीलाई बिवाह गर्छु भन्दै विभिन्न प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरी शारीरिक तथा मानसिक यातनासमेत दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend