२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच झडप


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 8.4K
    SHARES

  • images
    संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच झडप

     

    काठमाडौं, १० साउन । लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ । आज आन्दोलनकै क्रममा नयाँबानेश्वरस्थित संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ ।

    माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै गएको पीडितको र्‍यालीलाई नयाँबानेवश्रको निषेधित क्षेत्रमा पुगेपछि प्रहरीले रोकेको थियो । नयाँबानेवश्रस्थित एभरेष्ट होटलअगाडि पुगेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो । घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पीडितहरूले सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौ केन्द्रित आन्दोलन जारी राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend