२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कोशी प्रदेश सरकार गठन विवादः पूर्ण इजलासले टुंगो लगाउँदै


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 9.0K
    SHARES

  • images
    कोशी प्रदेश सरकार गठन विवादः पूर्ण इजलासले टुंगो लगाउँदै


    काठमाडौ, १० साउन । सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका विषयमा परेको रिट निवेदनमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलबार भएको सुनुवाई नटुंगिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

    आज पनि पूर्ण बैठकमा त्यसले निरन्तरता पाउने छ । सोमबार दुई न्यायाधीश सम्मिलित इजलासले कोशी प्रदेश सरकार गठनको मुद्दा जटिल कानुनी विषय भएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

    न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पेश गर्नेगरी आदेश गरेको हो । पूर्ण इजलास तीन वा भन्दा बढी न्यायाधीश सम्मिलित हुने गर्दछन् । अब कोशी प्रदेशको विवाद सर्वोच्चको पूर्ण इजलासले मुद्दाको किनारा लगाउने भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend