२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सानिमा बैंकको कित्ता संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 8.2K
    SHARES

  • images
    सानिमा बैंकको कित्ता संस्थापक सेयर बिक्रीमा


    काठमाडौं, १० साउन । मंंगलबारदेखि सानिमा बैंकले २ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । सानिमाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जानकारी गराएको छ । यसमा सानिमाकै अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

    यसमा ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम भाउ प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend