२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 7.6K
    SHARES

  • images
    कांग्रेस केन्द्रिय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने

     

    काठमाडौं, १० साउन । नेपाली कांग्रेस केन्द्रिय समिति बैठक बस्दैछ । सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ । गत साउन २ गते देखी जारी बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसके पछि गत सोमवार देखी भने पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए ।

    जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

    आजको बैठकमा केन्द्रिय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend