२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 8.3K
    SHARES

  • images
    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने

    १० श्रावण २०८०, बुधबार  

    काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ ।

    यही साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसके पछि सोमबार पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए । जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए।

    आजको बैठकमा सदस्यहरुले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend