२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको मौसम : देशका केही भू–भागमा आज बिहानैदेखि वर्षा, दिउँसो राति भारी वर्षा


सञ्चार डबली
  • बुधबार, साउन १० २०८०
  • 8.0K
    SHARES

  • images
    आजको मौसम : देशका केही भू–भागमा आज बिहानैदेखि वर्षा, दिउँसो राति भारी वर्षा

    बुधबार, साउन १०, २०८०
    काठमाडौं । देशका केही भू–भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा भने सामान्यदेखि मध्यम वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बांकी पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    राति देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ । देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

    हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा  सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend