२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी समकक्षी हसिनाबीच भेटवार्ता


सञ्चार डबली
  • मंगलबार, साउन ९ २०८०
  • 8.0K
    SHARES

  • images
    प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी समकक्षी हसिनाबीच भेटवार्ता


    मंगलबार, ०९ साउन २०८०,
    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच इटालीमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेटवार्ता भएको हो ।


    प्रधानमन्त्रीको सचिवालय अनुसार भेटवार्तामा दुई देशको सम्बन्ध र आपसी सहकार्यको विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड शनिबार सम्मेलनमा भाग लिन इटाली पुगेका हुन् ।

    सोमबार अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी) को अध्यक्षका हैसियतमा प्रधानमन्त्री प्रचण्डले सम्मलेनलाई सम्बोधन गरेका थिए । त्यस्तै उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए ।

    सोमबार नै उनले सात देशमा रहेका नेपाली प्रतिनिधिहरूलाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोएसिया, पोर्चुगल, अस्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरूसँग भेट गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend