२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

२६.६६ अंकले घट्यो सेयर बजार


सञ्चार डबली
  • सोमबार, साउन ८ २०८०
  • 9.0K
    SHARES

  • images
    २६.६६ अंकले घट्यो सेयर बजार

     


    काठमाडौ, ८ साउन । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सोमबार सेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा अडिएको छ ।

    आमलगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दुमा गएर नेप्से ट्वाक्क अडिएको छ । कारोबार रकम भने थप बढेको छ । यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    सोमबार सेयर बजार तल झर्नुमा प्रमुख ३ वटा कारण देखिएको छ । पहिलो, अघिल्लो दिन आइतबार सूचकमा भारी वृद्धि भएकाले सोमबार लगानीकर्ताहरुले नाफा बुक गरेका हुन् ।

    यस दिन २६५ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड ५६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend