२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

ठगी गरेको आरोपमा दुईजना पक्राउ


सञ्चार डबली
  • सोमबार, साउन ८ २०८०
  • 8.3K
    SHARES

  • images
    ठगी गरेको आरोपमा दुईजना पक्राउ

    काठमाडौं, ८ साउन । प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै विश्वास दिलाई पीडितबाट ४५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–८ बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र २३ वर्षीय बिशाल खनाल रहेका छन् ।

    उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाई विभिन्न कागजातहरूमा सही छाप गराई उक्त रकम ठगी गरेको तथा ना.४ च ८६७० नम्बरको स्कारपियो जिप समेत लिई फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।उनीहरूलाई थप अनुसन्धान एवम् कारवाहीको लागि ईलाका प्रहरी कार्यालय दमक झापा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend